ललितपुर । महाँकाल गाउँपालिका-६ ठुलादुर्लुङ, हुचिटारमा हुचिटार युवा क्लबद्वारा आयोजित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।
प्रतियोगिताको समापन समारोह बागमती प्रदेशका पूर्व खेलकुदमन्त्री मीनकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वडाध्यक्ष विनोद चौँरेलले जानकारी दिनु भयो ।
समारोहमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, महाँकाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोले, विभिन्न वडाका वडा अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै
- पहिलो स्थान : काभ्रे, खानिखोला गाउँपालिका-६ सालधारा
- दोस्रो स्थान : ललितपुर, महाँकाल-६ हुचिटार
- तेस्रो स्थान (समान) : ललितपुर, महाँकाल-४ कालेश्वर र काभ्रे महाभारत गाउँपालिका टिम विजयी बने ।

विजयी तथा सहभागी सबै टिमहरूलाई आयोजक संस्थाले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
प्रतियोगितामा सहभागिता जनाइ विभिन्न भूमिकाबाट सहयोग गर्ने सबै खेलाडी, पदाधिकारी, अतिथिगण तथा खेलप्रेमीहरूलाई वडाध्यक्ष चौँरेलले विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।
समुदायस्तरमै युवा सहभागिता र खेल विकासलाई प्रवर्धन गर्ने उद्देश्यसहित गरिएको यस प्रतियोगिताले स्थानीय खेल क्षेत्रको उत्साह अझ बढाएको आयोजकको विश्वास छ ।
