मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

अनमोल सहकारीको स्थापना दिवसमा २८ युनिट रगत सङ्कलन

पोखरा । छोरेपाटनको अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं स्थापना दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


२०८२ साल कार्तिक १७ गते आयोजित उक्त कार्यक्रममा २८ युनिट रगत सङ्कलन गरिएको छ ।

कार्यक्रम प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी छोरेपाटन उपशाखाका सभापति हरि श्रेष्ठले पहिलो रक्तदाता शिवराज पौडेललाई ब्लड व्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन गर्दै सभापति श्रेष्ठले भने-“सहकारीको उद्देश्य केवल बचत र ऋणमा सीमित नरही सामाजिक उत्तरदायित्वप्रति पनि केन्द्रित हुनु आवश्यक छ । पछिल्लो समयमा पोखरामा रगत अभाव बढिरहेको अवस्थामा ‘रक्तदान जीवन दान, जीवन दान महादान’ जस्तो पवित्र कार्यमा सहकारीले अग्रणी भूमिका खेलेकोमा धन्यवाद ज्ञापन गर्दछु ।”

स्थानीय समाजसेवी दिपक सुबेदीले कुल २८ युनिट रगत सङ्कलन भएको जानकारी दिनु भएको हो ।

कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष खेमराज बरालले गर्नु भएको थियो भने सञ्चालन सचिव एकनारायण भण्डारीले गर्नु भएको थियो ।

Author

Related News