मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

महाकवि देवकोटाको सम्झनामा साहित्यिक कार्यक्रम सम्पन्न

ललितपुर । महाङ्काल गाउँपालिका-३ मा प्रत्येक वर्षझैँ यस वर्ष पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ ।

सुनगाभा सहित्य सदनका अध्यक्ष टङ्क लामा थोकको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष भूमिनन्द घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो भने महाङ्काल गाउँपालिका-३ का वडाध्यक्ष मनोजकुमार पराजुलीले सुनगाभाको कामप्रति प्रशंसा गर्नु भएको थियो ।

सुनगाभाका सल्लाहकारद्वय रामसुन्दर केसी र रत्न विरही घिमिरेले “लक्ष्मीप्रसाद देवकोटाको योगदान तथा भाषा, साहित्य र समाज विकास” विषयमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा हिमरत्न अनुराग, राजु घिमिरे, मिना घिमिरे, कुमार शर्मा अविरल, विदुर घिमिरे र रत्न विरही घिमिरेले आआफ्ना साहित्यिक रचना वाचन गर्नु भएको थियो ।

त्यस अवसरमा महाङ्काल मावि, गोटिखेलका विद्यार्थीहरूले प्रस्तुत गरेको मारुनी नृत्यले कार्यक्रमलाई झनै मनोरञ्जनपूर्ण बनाएको संस्थाका सचिव रामेश गौतमले जानकारी दिनु भयो ।

साहित्य, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि हरेक वर्ष महाकवि देवकोटाको सम्झनामा यस्ता कार्यक्रम आयोजना गर्दै आइएको आयोजकले जनाएको छ ।

यसै अवसरमा सुनगाभा साहित्य सदन, ललितपुरले सुनगाभा साहित्यिक पत्रिकाको २९ औँ सृङ्खला सार्वजनिक गरिएको छ ।  

Author

Related News