मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

अवैध लागूऔषध सहित आरोपित पक्राउ, अनुसन्धान जारी

ललितपुर ललितपुर महानगरपालिका-२० नटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, बुप्रेनोर्फिन १२ एम्पुल र प्रोमेथाजाइन १२ एम्पुल सहित सोही ठाउँ बस्ने ४४ वर्षीय सुवास शाक्यलाई २०८२ असोज ३१ गते दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले शाक्यलाई उक्त लागूऔषध सहित पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

त्यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका-८ सिमानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-७ बस्ने २७ वर्षीय धुव्रकुमार थारूलाई असोज ३१ गते नै प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले भारतको शिवरात्रीपुरदेखि नेपालतर्फ साइकलमा आउँदै गरेका थारुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

Author

Related News