मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

कास्की प्रशासनद्वारा मर्यादित, अनुशासित र व्यवस्थित ढङ्गले पर्व मनाउन आग्रह

पोखरा । तिहार, नेपाल संवत, छठ पर्वलगायतका महत्वपूर्ण चाडपर्वहरूको अवसरमा सम्पूर्ण जिल्लावासीहरूलाई शुभकामना दिँदै कास्कीकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रूद्रादेवी शर्माले सबैलाई मर्यादित, अनुशासित र व्यवस्थित ढङ्गले पर्वहरू मनाउन अनुरोध गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले २०८२ असोज ३१ गते सार्वजनिक सूचना जारी गर्दै कानुनद्वारा वर्जित गतिविधिहरू नगर्न र नगराउन सबैमा आह्वान गरेको छ ।

सूचनामा भनिएको छ-“सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताको संरक्षण र प्रवर्धन गर्नु हामी सबैको दायित्व हो । चाडपर्वहरूले आपसी सद्भाव र पारस्परिक एकता मजबुत बनाउने माध्यम हुन्, त्यसैले सबैले मिलेर सद्भावपूर्ण वातावरणमा पर्वहरू मनाऔं ।”

प्रजिअ शर्माले तिहारका बेला मैनबत्ती वा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा जस्ता विष्फोटक तथा आगलागी सम्भावना हुने पदार्थको खरिदबिक्री, ढुवानी, भण्डारण र प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै, देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू राति १० बजेसम्म सीमित राखी, कुनै गुनासो नआउने गरी मर्यादित, अनुशासित र व्यवस्थित ढङ्गले सञ्चालन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

Author

Share the News

Recent News

Related News