मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सिडियोमा पाँच बुँदे निर्णयः लेले खोला करिडोर निर्माणका विषयमा एक सार्थक पहल

ललितपुर । व्यवस्थित शहरीकरण र भव्य गोदावरी नगर विकासका लागि लेले खोला करिडोर निर्माणका विषयमा २०८२ असोज ३० गते एक सार्थक पहल भएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटी, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, गोदावरी नगरपालिका-५ लेलेका वडाध्यक्ष मिलन सिल्वाल, स्थानीय र व्यवसायीलगायतको उपस्थितिमा यस्तो पहल भएको हो ।

स्थानीयहरूका अनुसार उक्त करिडोरले ऐतिहासिक लेले क्षेत्रको शहरी स्वरूप पुनर्जीवन दिनेछ र गोदावरी नगरलाई योजनाबद्ध रूपमा रूपान्तरण गर्नेछ ।

करिडोर निर्माणअघि “बाटो र सडकको स्पष्ट बुझाइ” आवश्यक रहेको बताइएको छ । अभियन्ता सनोज महतका अनुसार बाटो परम्परागत रूपमा बस्तीबस्ती जोड्ने सांस्कृतिक मार्ग हो भने सडक भनेको ढुवानी, यातायात र आर्थिक गतिशीलताका लागि वैज्ञानिक रूपमा योजनाबद्ध संरचना हो ।

हाल गोदावरी नगरले सबै क्षेत्रलाई आवासीय क्षेत्र घोषणा गरे पनि शहरी विकासको ठोस योजना ल्याउन नसकेको जनाइएको छ ।

त्यसैले, “प्लटिङ होइन, सिटी प्लानिङ” को माग उठाइएको महतले बताउनु भएको छ । लेले खोला र नक्खु खोला किनारमा दुबै तिर १२-१२ मिटर चौडा डबल लेन सडक निर्माण गर्ने प्रस्ताव गरिएको छ, जसमा फूलबगैँचा र सडक पेटीसहितको संरचना रहनेछ ।

यो सडक निर्माणले लेले, ठेचो, चापागाउँ र सुनाकोठी जस्ता ऐतिहासिक बस्तीहरूलाई नयाँ शहरी स्वरूपमा जोड्ने अपेक्षा गरिएको छ ।

Author

Related News