फ्रान्सका नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले २०८२ असोज २० गते सोमबार राजीनामा दिनु भएको छ ।
२७ दिनअघि मात्रै नियुक्त हुनुभएका उहाँले मन्त्रिपरिषद् घोषणा गरेको १४ घण्टामै पद त्याग्नु भएको हो ।
राष्ट्रपति इमानुयल म्याक्रोनका निकट सहयोगी रहनु भए लेकोर्नुको राजीनामाले फ्रान्समा चलिरहेको राजनीतिक सङ्कट झन गहिरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
नयाँ मन्त्रीमण्डलमा नियुक्ति भएपछि समर्थक र विरोधी दुवै पक्षबाट तीव्र आलोचना आएको थियो ।
कसैले सरकारलाई अत्यधिक दक्षिणपन्थी भने, कसैले पर्याप्त कडा नभएको टिप्पणी गरे । बढ्दो दबाबबिच लेकोर्नुले म्याक्रोनलाई राजीनामा बुझाउनु भएको हो ।
उहाँको राजीनामापछि उग्र-दक्षिणपन्थी नेशनल र्याली पार्टीले तत्काल संसदीय चुनाव माग गरेको छ भने बामपन्थी फ्रान्स अनबाउडले म्याक्रोन स्वयम्ले पनि पद छाड्नुपर्ने बताएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले पछिल्लो राजनीतिक सङ्कटका बिच सत्ता सन्तुलन कायम गर्न सेबास्टियन लेकोर्नुलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो ।
गत महिना भएको संसदीय चुनावमा कुनै दलले स्पष्ट बहुमत नपाएपछि म्याक्रोनले विभिन्न दलहरूसँग हप्तौंसम्म परामर्श गरी मध्य-दक्षिणपन्थी गठबन्धन सरकार गठन गर्ने प्रयास गर्नु भएको थियो ।
लेकोर्नु म्याक्रोनकै पूर्वरक्षा मन्त्री तथा नजिकका सहयोगी भएकाले उहाँलाई “सम्झौतामूलक नेतृत्व” को रूपमा अघि सारिएको थियो ।
तर, मन्त्रिपरिषद् घोषणापछि नै नयाँ सरकारलाई न बामपन्थी न दक्षिणपन्थी दुवैबाट समर्थन नमिल्दा, सत्ता गठनको यो प्रयोग असफल भयो। (फोटोः रोयटर्सबाट)