मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

ललितपुर । आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रवक्ता छुम्बी लामाले जारी गर्नु भएको विज्ञप्तिमा छनोट प्रतियोगिताका लागि १५ जना नेपाली खेलाडीहरू समावेश टोली घोषणा भएको हो ।

टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी रहनु भएको छ ।

Author

Related News