मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मनसुनजन्य विपद्‌ कायमै रहेकाले सतर्क रहन आग्रह

ललितपुर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिएको मौसमी पूर्वानुमान अनुसार असोज १७ गतेदेखि असोज २० गतेसम्म देशका विभिन्न स्थानमा मनसुनजन्य क्रियाकलाप सक्रिय हुने देखिएको छ ।

विशेषगरी गण्डकी, लुम्बिनी, बागमती, कोशीलगायत प्रदेशका धेरै स्थानमा उच्च मात्रामा वर्षा हुने भएकाले विपद्‌को जोखिम बढ्न सक्ने अनुमान गरिएको छ ।

यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय ललितपुरले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रशासनले नागरिकलाई विशेषगरी रातको समयमा सवारीसाधन सञ्चालन नगर्न, अत्यावश्यक भएमा मात्रै यात्रा गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नदीनाला आसपास तथा भिरालो भूभागमा बसोबास गर्ने स्थानीयलाई अझै बढी सतर्क रहन पनि आग्रह गरिएको छ ।

मनसुनको सक्रियताका कारण काठमाडौं उपत्यकासहित मकवानपुर, चितवन, ललितपुर, सिन्धुली, रामेछाप, दोलखा, भक्तिुपर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकलगायतका जिल्लामा भूक्षय, पहिरो, बाढी, डुबान तथा सडक अवरुद्धजस्ता समस्या आउने सम्भावना रहेको जनाइएको छ ।

Author

Related News