मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

आदिल आलमको सानदार पुनरागमन, वेस्ट इन्डिजविरुद्ध नेपाल सिरिज विजयी

ललितपुर । नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक तीन खेलको टी-२० सिरिज एक खेल बाँकी रहँदै जित्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

सिरिज नेपाली क्रिकेट समर्थकका लागि विशेष रह्यो भने प्रतिबन्ध फुकुवापछि राष्ट्रिय टोलीमा फर्कनु भएका मोहम्मद आदिल आलमका लागि अविस्मरणीय बन्यो ।

नन्दन यादव घाइते भएपछि दोस्रो खेलमा सुरुवाती रोजाइमा अवसर पाउनु भएका आदिलले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गर्नु भयो ।

उहाँले ५ बलमा ११ रन बनाउनु भयो भने बलिङमा ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिनु भयो । हरेक ओभरमा विकेट लिँदै उहाँले नेपालको जितमा महत्वपूर्ण योगदान दिनु भयो ।

स्पट फिक्सिङको आरोपका कारण ३ वर्ष क्रिकेटबाट टाढा रहनु भएका आदिललाई अदालतले २०८० मा सफाइ दिएपछि २०८२ वैशाख २१ गतेदेखि प्रतिबन्ध फुकुवा भएको थियो ।

लामो प्रतीक्षापछि राष्ट्रिय टोलीमा फर्कनु भएका आदिलको प्रदर्शनले उहाँको तयारी र क्रिकेटप्रतिको भोक झल्किएको छ ।

नेपालको सिरिज जितसँगै आदिलको पुनरागमनलाई समर्थकले ऐतिहासिक क्षणका रूपमा स्वागत गरेका छन् ।

Author

Related News