मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

यस्तो छ दशैँ टीकाको साइत नेपालदेखि अमेरिका-अष्ट्रेलियासम्म (सूचीसहित)

ललितपुर । यस वर्षको दशैँको टीकाको उत्तम साइतबारे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न मुलुकका समय सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि टीकाको उत्तम साइत २०८२ असोज १६ गते बिहान ११:५३ बजे रहेको जनाएको थियो ।

शनिबार समितिले अन्य मुलुकमा बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि विभिन्न देशका उत्तम साइतहरू सार्वजनिक गरेको हो ।

यसरी विभिन्न देशका लागि तय गरिएको साइतले विश्वभर रहेका नेपाली समुदायलाई दशैँ पर्वमा शुभेच्छा आदानप्रदान गर्न सहज हुने समितिले जनाएको छ ।

Author

Related News