मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

संविधान दिवसको अवसरमा पोखरामा दिप प्रज्वलन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी-५ ले ११औं संविधान दिवसको अवसरमा २०८२ असोज ३ गते गणतन्त्र चोकमा दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले नेपाली कांग्रेस वडा इकाइ सभापति, नेकपा (एमाले) का गण्डकी प्रदेश, जिल्ला, महानगर कमिटीका नेता, वडा नं-५ का जनप्रतिनिधि तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

सो अवसरमा नेकपा (एमाले) वडा कमिटी-५ का अध्यक्ष लक्ष्मण बरालले संविधानको मर्म, मान्यता र भावनालाई सबैले जोगाइ राख्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम नेपालको नक्सामा दिप प्रज्वलन गर्दै सुरु गरिएको थियो भने समापन पनि अध्यक्ष बरालकै आतिथ्यमा सम्पन्न भएको थियो।

त्यसैगरी, जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीले पनि पोखरा-७ स्थित शहिदचोकमा दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरेको निवर्तमान अध्यक्ष ढाकाराम पौडेलले जानकारी दिएका छन्।

Author

Share the News

Recent News

Related News