ललितपुर । नेपालले १७ वर्ष मुनिको साफ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बोमा भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई २–० गोल अन्तरले पराजित गर्यो । नेपालका लागि समीर कुमारले दुई गोल गर्दै टोलीलाई जित दिलाउनु भएको हो ।
खेलको २३ औं मिनेटमा पहिलो र ७५ औं मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई समीरले २–० को जित दिलाउनु भयो ।
नेपालको अर्को खेल सेप्टेम्बर २ मा बङ्गलादेशसँग हुने बताइएको छ ।