धनगढी । जेनजी आन्दोलनका क्रममा कैलालीमा ठूलो क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार १ सय ८ सरकारी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट भएको छ भने १ सय ओटा चार पाङ्ग्रे र करिब ५ सय ओटा मोटरसाइकलसहित ६ सय सवारीसाधन जलेका छन् ।
धनगढी, अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुरलगायतका ठाउँमा रहेका कार्यालयमा क्षति पुगेको छ ।
आठ/नौ ओटा पार्टी कार्यालय र नेताका निजी घर पनि जलाइएका छन् । जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी भएपछि सेवा ठप्प भएपनि टेन्ट टाँगेर अत्यावश्यक सेवा दिन थालिएको छ ।
अदालत, मालपोत, नापी लगायतका कार्यालयमा कामकाज रोकिएको छ भने वैकल्पिक उपाय खोजिने जनाइएको छ ।