ललितपुर । राष्ट्र पुनर्निर्माणको लागि “हाम्रो नेपाल हामी आफैँ बनाऔं” अभियानअन्तर्गत बागमती गाउँपालिका, ललितपुरका कर्मचारीहरुले २० हजार ८ सय ५५ रुपियाँ सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।
Gen Z आन्दोलनका क्रममा भएको जनधन तथा संरचनागत क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूले शान्ति, सुरक्षा र सुशासन कायम गर्न सरकारलाई आग्रह गरेको गाउँपालिकाका सूचना अधिकारी मिलन शर्माले जानकारी दिनु भएको छ ।
नागरिक जिम्मेवारीबोधसहित सुरु गरिएको यो अभियानलाई प्रभावकारी बनाउन इच्छुक नागरिकहरुले प्रत्यक्ष सहयोग गर्न तथा सामाजिक सञ्जालमा #hamronepalhamiafaibanau ह्यासट्याग प्रयोग गर्न अपिल गरिएको छ ।

