काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
जेन–जी पुस्ताको आन्दोलनपछि अघिल्लो सरकार पतन भएसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्नु भएको हो । जेन–जीको प्रस्तावअनुसार नै उहाँको नियुक्ति भएको हो ।
शपथ लिएसँगै उहाँले २०८२ भदौ २७ गते पदभार ग्रहण गर्नु भएको छ ।
चुनौतिका चाङमाथि प्रधानमन्त्री हुनुभएकी कार्की देशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा दर्ज हुनुभएको छ । उहाँ पहिलो महिला प्रधानन्यायाधीश पनि हुनुहुन्छ ।
