ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ ।
महानगर प्रहरीको अगुवाइमा २०८२ भदौ २२ गते बिहान तीन ओटा डोजरसहित वडा नं. ५, लगनखेलस्थित सरकारी जग्गा (कित्ताः १०५, क्षेत्रफलः १७-०-०-०) मा अवैध रूपमा निर्माण गरिएको संरचना भत्काएको हो ।

ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार, महानगरपालिकाले ३५ दिने नोटिस दिएर दिएको समयसीमा नाघेपछि डोजर चलाएर संरचना हटाइएको हो ।