मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

‘कारागार प्रशासनभित्र अर्को प्रशासन छ’

ललितपुर । दुई वर्षअघि २०८० कात्तिक ३० गते प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग उहाँको निवास बालकोटमा गरिएको कुराकानीको एक अंश अर्काइभबाट साभार गरिएको हो ।

कारागार भित्रको अर्को कारागार । प्रशासन भित्र अर्को प्रशासन छ । कारागार बाहिरको प्रशासन भन्दा भित्रको प्रशासन धेरै डरलाग्दो छ । कानुन छैन ।

त्यो निर्मुल पार्नलाई केही संरचनागत सुधार गर्नु पर्छ । तर, संरचनागत सुधार गर्न चाहिँ सजिलो छैन । किनभने म गृहमन्त्री हुँदा संरचनागत सुधार गर्न खोजेँ त्यसबेला त्यहाँको प्रहरीले, जेल प्रशासनले तथा त्यसभन्दा माथिको प्रहरीले र माथिको प्रशासनले सुन्न नै तयार भएन ।

उनीहरूलाई कपडाहरूमा सुविधा दिने त्यस्ता कामहरू गरेँ र जेलमा जाने बेलामा नै कपडासहित बसउनु पर्ने, हतकडी लगाउन नहुने नियम बसालेँ ।

लुगाहरू नदिने भन्ने नियम त थिएन तर पनि नदिने चलनलाई अनिवार्य गरियो । अकारण गोलघरमा राख्न नपाउनेलगायतका सुधारका कामहरू गरेँ ।

म प्रधानमन्त्री हुँदा उनिहरूको सुविधा वृद्धि गरेँ । उनीहरूले पाउने राशन बढाएँ । तर, यो पर्याप्त छैन ।

Author

Related News