मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

भलिबलमा मधेशविरुद्ध ललितपुरको सहज जीत​

ललितपुर । वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा साबिक उपविजेता ललितपुर क्विन्सले विजयी शुरूआत गरेको छ ।

प्रतियोगिताको पहिलो दिन २०८२ भदौ २० गतेको दोस्रो खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३-० को सोझो सेटले हरायो ।

ललितपुर क्विन्सले पहिलो सेटको नतिजालाई २५-१७ अङ्कले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा पनि ललितपुर क्विन्सले मधेश युनाइटेडलाई २५-१३ अङ्कले पछि पार्‍यो । तेस्रो सेटको नतिजालाई पनि ललितपुर क्विन्सले २५-१९ अङ्कले आफ्नो पक्षमा पार्‍यो ।

प्रतियोगितामा कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ ओटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी टोलीले सिङ्गल राउण्ड रोविनका आधारमा एक-आपसमा खेलेपछि सर्वाधिक अङ्क जोड्ने दुई टोलीबिच २०८२ भदौ २८ गते फाइनल खेल खेलाइने आयोजकले जनाएको छ ।

Author

Related News