पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ को नवनिर्मित भवन उद्घाटन तथा हरितालिका तीज विशेष कार्यक्रम २०८२ भदौ ४ गते पोखरामा सम्पन्न भयो ।
भवनको उद्घाटन पार्टी केन्द्रीय कमिटी सदस्य एवम् गण्डकी प्रदेशसभाका पूर्व सदस्य राजिव पहारीले गर्नु भयो ।
उहाँले वडा नं. ५ मालेपाटनस्थित करिब १५ वर्षका लागि भाडामा लिइएको जग्गामा बनेको भवनले पार्टी कार्यलाई व्यवस्थित र चुस्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
साथै वडा नं. ५ राजनीति, सामाजिक र सङ्गठनात्मक दृष्टिले पनि अब्बल रहेको भन्दै वडा कार्यालयले नागरिकमैत्री काम गरेकोमा प्रशंसा गर्नु भयो ।
अनेमसङ्घ वडा कमिटी–५ का अध्यक्ष बिन्दु पौडेलले तिजलाई खुलापन र महिलाको सशक्तीकरणको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिँदै मौलिकताको जगेर्ना गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, एमाले प्रदेश कमिटी सदस्य उमा कोइराला, जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य, वडा अध्यक्ष बिष्णुप्रसाद बराल, पूर्व वडा अध्यक्ष धनबहादुर नेपाली, जिल्ला उपाध्यक्ष भेषराज बराल लगायतका नेताहरूले शुभकामना मन्तव्य राख्नु भयो ।

वडा कमिटी अध्यक्ष लक्ष्मण बरालका अनुसार भवन निर्माणमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयको सहयोगमा करिब १७ लाख रुपियाँ खर्च भएको छ ।
करिब दुई आना क्षेत्रफलमा बनेको यो भवन दुई तले भएको र आईरन ढलान प्रयोग गरिएको महानगर कमिटी सदस्य प्रदिप सुबेदीले जानकारी दिनु भयो ।
महानगर कमिटी सदस्य सन्तोष थापाले पार्टीको वडाद्वारा आयोजित यस्ता सामाजिक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. भरतबहादुर खत्रीलाई तथा भवन निर्माणमा योगदान पुर्याउने जीवन लामालाई सम्मान गरिएको थियो ।
कार्यक्रम अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा सम्पन्न भएको हो । स्वागत मन्तव्य उपाध्यक्ष पानप्रसाद तिमिल्सिनाले दिनुभयो भने सञ्चालन सचिव बसन्तराज गौतमले गर्नुभएको थियो ।