ललितपुर । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार खेपेको छ ।
मेलबर्न स्टारसँगको २०८२ भदौ २ गतेको खेलमा ३१ रनले पराजित भएको नेपालले यसअघि नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रन र बंगलादेश ‘ए’ सँग ३२ रनले हार बेहोरेको थियो ।
मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याउँदै नेपाल २० ओभरमा सात विकेट गुमाउँदै १४४ रनमै रोकियो ।
नेपालका लागि आशिफ शेखले अर्धशतक (५३ रन), कप्तान रोहित पौडेलले ३३ रन र कुशल भुर्तेलले २५ रन बनाउनु भयो ।
बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिनु भयो भने सोमपाल कामी र साहब आलमले एकएक विकेट हात पार्नु भयो । मेलबर्नका थोमस रोजर्स (६५) र ब्लेक म्याकडोनाल्ड (७४) ले अर्धशतक बनाउनु भयो । (तस्बिरः क्यान)