ललितपुर । गोदावरी नगरपालिका-७, देवीचौरस्थित देवी माध्यमिक विद्यालयका लागि नयाँ भवन शिलान्यास गरिएको छ ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले २०८२ भदौ १ गते उक्त भवनको शिलान्यास गर्नु भएको हो ।
विद्यालयको नयाँ ६ कोठे भवन १ करोड ९७ लाख रुपियाँको लागतमा २०८३ सालको असोजसम्ममा बनाइसक्ने लक्ष्य रहेको प्रधानाध्यापक हरिबहादुर चौहानले बताउनु भयो ।

कक्षाकोठाको कमी रहेका कारण तथा बिहान र दिउँसो दुई सत्रमा पढाउँदा जनशक्ति बढी लागेकाले एउटै सत्रमा अध्यापन गराउन सहजताका लागि नयाँ भवन आवश्यक रहेको पनि उहाँले बताउनु भयो ।
२०३४ सालमा स्थापित देवी माध्यमिक विद्यालयमा अहिले शिशु कक्षादेखि १२ कक्षासम्म पढाइ सञ्चालन हुँदै आएको छ ।