मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरामा खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न

पोखरा ।“तीज हाम्रो परम्परा हो, जसले नयाँ अर्थ दिन सक्छ: नाचौँ, गाऔँ र रमाऔँ” भन्ने नारासहित जनहित महिला समूह पोखरा महानगरपालिका-५, पस्याङको आयोजनामा तथा धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लि.को सहआयोजनामा प्रथम जनहित खुल्ला तीजगीत प्रतियोगिता २०८२ भदौ १ गते सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका-५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले सहभागी समूहहरूलाई शुभकामना दिँदै मौलिक, सृजनशील र सचेतनामूलक गीतमार्फत समाजलाई सशक्त बनाउन आग्रह गर्नु भयो ।

उहाँले चाडपर्वलाई भड्किलो नभई सरल रूपमा मनाउनुपर्नेमा जोड दिँदै नयाँ पुस्ताको सहभागिता अझ बढाउनुपर्ने बताउनु भयो ।

प्रतियोगितामा १६ समूहले सहभागिता जनाएका थिए । जसमा पोख्रेली दिदीबहिनी समूह पहिलो, धारापानी आमा समूह दोस्रो, शिवालय महिला समूह तेस्रो तथा धर्मस्थली आभारभूत विद्यालयले सान्त्वना पुरस्कार हात पारेका छन् ।


पुरस्कार राशी क्रमशः नगद रु.१० हजार, रु.७ हजार, रु.५ हजार र रु.३ हजार रहेको जनहित महिला समूहका अध्यक्ष चन्द्रावती गैरे अधिकारीले जानकारी दिनु भयो।

त्यसैगरी, उत्कृष्ट भेषभूषातर्फ गतिशील महिला आमा समूह र उत्कृष्ट नृत्यतर्फ नमुना आदर्श आमा समूह विजयी भएका छन् ।

निर्णायक मण्डलमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष रामचन्द्र ढकाल (संयोजक), उपाध्यक्ष राम पौडेल र चर्चित लोकगायिका/सञ्चारकर्मी शान्ति बराल रहनुभएको थियो ।

कार्यक्रममा वडा सदस्य एवम् महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य गोविन्द पराजुली, सावित्री कोईराला, हेमराज भण्डारीलगायतले शुभकामना दिनु भएको थियो ।

कार्यक्रम सफल बनाउन पोखरा महानगरपालिका वडा नं. ५ को विशेष सहयोग रहेको थियो भने अन्य सहयोगी सङ्घसंस्था र व्यक्तिहरूमध्ये जापानिज भाषा सेन्टर, सिर्जना शाह बसौला, पशुपति केसी, शोभा भुजेल, विष्णुप्रसाद अधिकारी (विश्व), पानप्रसाद तिमिल्सिना, रामबहादुर विश्वकर्मा, इमान सिंह गहतराज, पञ्चकाशी प्रिन्टर अफसेट प्रेस आदिको उल्लेखनीय योगदान रहेको आयोजकले जनाएको छ ।

जनहित महिला समूहका अध्यक्ष चन्द्रावती गैरे अधिकारीको अध्यक्षता तथा सचिव कमला लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Author

Related News