मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

माओवादी केन्द्र सिन्धुलीको प्रशिक्षक प्रशिक्षण सम्पन्न

रुद्रबहादुर खड्का, सिन्धुली ।

नेकपा(माओवादी केन्द) जिल्ला समन्वय समिति सिन्धुलीले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन २०८२ साउन २४ गते पार्टीका उपमहासचिव हरिबोल गजुरेलले गर्नुभएको हो ।

माओवादी केन्द्र सिन्धुलीका संयोजक पानीराज बम्जनका अनुसार, पार्टीको नीति, सिद्धान्त, राजनीतिक, आर्थिक लगायतका विषयमा प्रशिक्षण दिई कार्यकर्तालाई प्रशिक्षक बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा नौ ओटै स्थानीय तह कमिटिहरुबाट १०/१० जना, विभिन्न जनवर्गीय सङ्गठनहरुबाट अध्यक्ष वा पदाधिकारीको सहभागिता रहेको छ ।

परीक्षामा उत्तीर्ण हुनेलाई प्रशिक्षक प्रमाणपत्र प्रदान गरिएको छ । प्रशिक्षणमा सहभागीहरुलाई डिवि ढकाल,युवराज चौलागाई र सुर्य सुवेदी (पथिक), प्रकाश श्रेष्ठ, मातृका भट्टराई, काजीमान थिङ, रोशन श्रेष्ठ, विवेक अच्छामी र देवेन्द्र पाख्रिनले राजनीतिक, आर्थिक, सूचना प्रविधिसहितका अन्य विषयमा प्रशिक्षण दिनु भएको पार्टीले जनाएको छ ।

Author

Related News