मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

गाजामा सैन्य कारबाही विस्तार नगर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

ललितपुर । संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न चेतावनी दिएको बीबीसीले जनाएको छ ।

२०२५ अगस्ट ५ मा न्यूयोर्कस्थित सुरक्षा परिषद्को बैठकमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका युरोप, मध्य एशिया र अमेरिकाका सहायक महासचिव मिरोस्लाव येन्काले यस्तो कारबाहीले लाखौँ निर्दोष प्यालेस्टिनी नागरिक र गाजामा रहेका इजरायली बन्धकहरूको जीवनमा थप सङ्कट ल्याउने बताउनु भएको छ ।

उहाँले गाजा भविष्यको प्यालेस्टिनी राष्ट्रको अभिन्न हिस्सा भएको उल्लेख गर्दै त्यसलाई सुरक्षित राख्न आवश्यक रहेको बताउनु भयो ।

सन् २०२४ जुलाईमा अन्तर्राष्ट्रिय अदालतले दिएको सल्लाहकार मतको हवाला दिँदै उहाँले इजरायललाई नयाँ बस्ती निर्माण रोक्न, अवैध बसोबास हटाउन र प्यालेस्टिनी भूमिबाट आफ्नो उपस्थिति अन्त्य गर्न आग्रह गर्नु भयो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबरमा सुरु भएको द्वन्द्वयता ६० हजार जनाभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ भने सन् २०२५ मेदेखि खाद्यान्न खोज्ने क्रममा मात्र १ हजार २ सय जनाभन्दा बढीको ज्यान गएको छ । साथै, ८ हजार जनाभन्दा बढी घाइते भएका छन् ।

येन्काले गाजामा भोकमरी व्यापक भएको र इजरायलबाट मानवीय सहायता प्रवेशमा गम्भीर अवरोध रहेको उल्लेख गर्दै पीडाको अन्त्यका लागि तत्काल कदम चाल्न आग्रह गर्नु भयो ।

Author

Related News