मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीबाट २०८२ साउन १८ गते राजीनामा घोषणा गरेका बहादुरसिंह लामाले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लोकतान्त्रिक मूल्य–मान्यताको अपमान र स्थायित्वको खिल्ली उडाएको बताउनु भयो ।
उहाँले राजीनामा घोषणा गर्दा सरकार ढालिनुको पछाडि गम्भीर राजनीतिक षड्यन्त्र रहेको आरोपसमेत लगाउनु भएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको सरकारको नेतृत्व गरेका लामाले राजनीतिक स्थायित्वको मर्म बाँकी नरहेकोसमेत बताउनु भएको छ ।
गत वर्ष अर्थात् २०८१ सारउन ९ गते मुख्यमन्त्रीमा सपथ लिनुभएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर पदबाट राजीनामा दिनु भएको हो ।
उहाँ बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायको पहिलो व्यक्ति हुनुहुन्छ । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको उहाँले बताउनु भएको छ ।
