मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

गण्डकी प्रदेश भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत

पोखरा । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ ।

पोखरामा २०८२ साउन १६ गते भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो ।

भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष लक्ष्य नजिक पुगेको जनाउँदै आगामी वर्ष मन्त्रालयको प्रगति अझ बढ्ने उल्लेख गर्नु भयो ।

“यसपालि जुन प्रगति हासिल भएको छ । त्यो सन्तोषजनक छ । थोरै खर्च हुने प्रवृत्तिलाई निरुत्साहित गर्न यसपालिदेखि आर्थिक वर्षको सुरुबाटै स्पष्ट कार्ययोजना बनाउँदै योजनाहरु कार्यान्वयन गर्न आवश्यक छ ।”–उहाँले भन्नु भयो ।

गण्डकी प्रदेश सरकारको करिब आधा बजेट भौतिक पूर्वाधार मन्त्रालयमा छ । कार्यक्रममा मन्त्री केसीले नियमित रुपमा कार्यालयहरूको प्रगतिको जानकारी लिई समयमै काम सक्न पटकपटक निर्देशन दिने गर्नुभएको बताउनु भयो ।

राइड सेयरिङसम्बन्धी नियमावली २०८२ तयार भई सकेको जनाउँदै उहाँले चाँडै त्यो कार्यान्वयनमा जाने उल्लेख गर्नु भयो ।

“यसमा यातायात व्यवसायीका केही असहमति छन्, त्यसलाई समाधान गर्न हामी निरन्तर वार्तामा छौँ ।”–उहाँले भन्नु भयो–‘नियमावली सौहार्दपूर्ण एवम् सहज वातावरणमा अविलम्व कार्यान्वयन हुने कुरामा म विश्वस्त छु ।’

कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भन्नु भयो–“हामी आफैँ प्रष्ट हुन जरुरी छ । समग्र वर्ष दिनको कामको भुक्तानी हुने हुँदा असारमा बजेट गएकोलाई असारे विकास भन्नु भएन ।”

मुख्यमन्त्री पाण्डेले असार १५ गतेदेखि २० गतेभित्र कामको अन्तिम भुक्तानी दिने वातावारण बनाउने गरी काम गर्न निर्देशन दिनु भयो ।

आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङले आन्तरिक आम्दानी बढाउन राइड सेयारिङ सहयोगी हुने बताउनु भयो ।

Author

Related News