मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

स्वास्थ्य क्षेत्र सुधारमा क्रियाशील छौँःमन्त्री पाठक

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताउनु भएको छ ।

उहाँले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताउनु भएको छ ।

परिवार नियोजन सङ्घको आयोजनामा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रदेशस्तरीय कार्यशालाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पाठकले यस्तो बताउनु भएको हो ।

उहाँले प्रदेशमै जनशक्ति उत्पादनका लागि बागलुङ र गोरखामा एचए पढाउने व्यवस्था गर्ने लागेको जानकारी दिनु भयो ।

उहाँले परिवार नियोजन सङ्घसँग मिलेर सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत प्रजनन स्वास्थका कार्यक्रम गर्दै जाने बताउनु भयो ।

कार्यक्रमा उपस्थित गण्डकी प्रदेशसभाका सदस्यहरुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।

उनीहरुले सामान्य तथा कुनै पनि विपद्का बेलामा पनि गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचनाको पहुँच पुर्‍याई विद्यमान शिशु, बाल तथा मातृ मृत्युदरलाई न्यूनीकरण गर्न र परिवार नियोजनको आधुनिक साधनको मागलाई पूरा गर्न प्रतिबद्धता जनाए ।

यस्तै, परिवार नियोजन सङ्घ र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा यस प्रदेशलाई आवश्यक बजेट पर्ने बजेट विनियोजन गर्न आवश्यक पहल गर्ने, प्रदेशका यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी नीतिहरुको तर्जुमा र परिमार्जन गरी अझ व्यावहारिक रुपमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता गराउने सन्दर्भमा प्रतिबद्धता जाहेर गरे ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले ‘गण्डकी प्रदेशमा स्वास्थ्य तथा परिवार योजना कार्यक्रमको अवस्था’ बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

उहाँको कार्यपत्र अनुसार गण्डकीमा ५ वर्षमुनिका बालबच्चामध्ये ४५ हजार छोरा जन्मिएकामा ३९ हजारमात्र छोरी जन्मिएका छन् ।

Author

Related News