ललितपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा २०८२ साउन ८ गते दिउँसो छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार समसामयिक राजनीति, समाजवादी मोर्चाको बैठकको तयारी लगायत विषयमा छलफल केन्द्रित रहेको छ ।
मोर्चाको संयोजक समेत रहनु भएका विप्लवले साउन ११ गते बैठक बोलाउनु भएको छ । बैठकमा कम्युनिष्ट एकता र समसामयिक राजनीतिका बारेमा समेत छलफल भएको बताइएको छ ।