मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

वडा स्तरमा जलवायु परिवर्तनसम्बन्धी अभिमुखिकरण

मधु पन्थी, पोखरा ।

दलित महिला सङ्घ (फेडो) कास्कीको आयोजनामा वडा वडामा जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनिकरणसम्बन्धी अभिमुखिकरण कार्यक्रम  माछापुच्छ्रे गाउँपालिका वडा  नं. ४ को लाहाचोक र वडा  नं. ६ को धितालमा सम्पन्न भएको छ।

माछापुच्छ्रे गाउँपालिका वडा  नं. ४ लाहाचोकमा २०८२ साउन ७ गते वडा अध्यक्ष मधुसूदन अधिकारी र २०८२ साउन ६ गते  वडा  नं. ६ मा वडा अध्यक्ष टेकनाथ गौतमको प्रमुख आतिथ्यता जलवायु परिवर्तनका कारणहरू, असर र यसले पार्ने प्रभाव, हरित गृह ग्यासको प्रभाव, नेपालमा आगो, भूकम्प, चट्याङ, बाढि पहिरो जोखिम  र बिपद जोखिम पूर्ब तयारीका बिषयमा सामाजिक अभियान्ता नवराज भण्डारीले सहजिकरण गर्नु भएको थियो । 

वडाअध्यक्षद्वय अधिकारी र गौतमले फेडोद्वारा गाउँपालिकाको पनि वडा स्तरमा आएर स्थानीय समुदायका नागरिकहरूलाई सचेतना अभिवृद्धि गर्ने र पूर्व सावधानी बारे प्रशिक्षण दिनु सकारात्मक कार्य रहेको बताउनु भयो । 

प्रशिक्षणबाट सिकेका विषयले आगामी दिनमा मार्गप्रशस्त गर्ने बताउँदै उहाँहरूले यस्ता कार्यक्रममालाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । 

दलित महिला सङ्घकी अध्यक्ष लक्ष्मी परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गर्नु भएको थियो भने कार्यक्रम संयोजक इश्वरी बिकले उद्धेश्य र विषयवस्तु माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्थाका सदस्यहरू, अगुवा कार्यकर्ता, आमा समूह र बालक्लबका सदस्य तथा पदाधिकारी गरी लाहाचोकमा ४५ जना र धितालमा ४२ जना सहभागी भएका थिए ।

Author

Related News