मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

विविध कार्यक्रम गरी ४७ औँ पुष्पलाल स्मृति दिवस मनाइयो 

मधु पन्थी, पोखरा ।

पोखरामा त्रिदिवसीय कार्यक्रमसहित ४७ औँ पुष्पलाल स्मृति दिवस कार्यक्रम मनाइएको छ। 

पुष्पलाल अनुसन्धान केन्द्र पोखरा महानगरपालिका वडा नं २१ फेदीपाटनमा आयोजित श्रद्धाञ्जली सभा,  पोखरा मनपा ७ नुवारथोकस्थित पुष्पलाल स्मृति पार्कको सरसफाई कार्यक्रम,  राष्ट्रिय युवा सङ्घद्वारा पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम र नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला पार्टी कार्यालय कास्कीको आयोजनामा ४७ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित  विचार गोष्ठी कार्यक्रम २०८२ साउन ७ गते  पोखरामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार  ज्ञवालीले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्नु भयो ।

उहाँले पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव, नेपालको लोकतान्त्रिक आन्दोलनका अविचलित धरोहर एवम् संयुक्त जनआन्दोलनका प्रणेता रहेको बताउनु भयो ।

गण्डकी प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री  तथा  नेकपा एमालेका स्थायी  कमिटी सदस्य खगराज अधिकारीले मुलुकको अवस्थामा परिवर्तन भइसकेको बताउनु भयो ।

उहाँले अबको आवश्यकता भनेको जनताको गणतन्त्र नेपालको सुदृढीकरण तथा बैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्यमा अघि बढ्न देशभक्त कम्युनिष्टहरुलाई मात्र नभई लोकतान्त्रिक पुस्तालाई समेत सर्वत्र उत्प्रेरित गर्न सके मात्र पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुने भनाइ राख्नु भयो  ।

नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले मुलुकको विकास निर्माण र जनताको अधिकारको सुनिश्चितता एमाले बाहेक अरूले गर्न नसक्ने बताउँदै, सफलता प्राप्तिका लागि पार्टी कार्यकर्तालाई एकताबद्ध एवम् सङ्गठित भएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो  ।

४७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा २०८२ साउन ७ गते नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्रको प्राविधिक सहयोग तथा राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला समिति कास्कीको आयोजनामा गरिएको रक्तदानमा १ सय २ युनिट रगत सङ्कलन भएको जिल्ला अध्यक्ष उमेश गुरूङले जानकारी दिनु भयो । 

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न कमिटीमा रहनु हुने नेता कार्यकर्ता एवम् सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Related News