ललितपुर । दक्षिण भारतीय तेलुगु फिल्म क्षेत्रका चर्चित हास्य अभिनेता फिश वेङ्कट (वेङ्कट राज) को ५३ वर्षको उमेरमा २०८२ साउन २ गते हैदराबादस्थित एक अस्पतालमा निधन भएको समाचार छ ।
मिर्गौलासम्बन्धी गम्भीर स्वास्थ्य जटिलताका कारण उहाँलाई केही दिनअघि आर्इसीयूमा भर्ना गरिएको थियो ।
भेन्टिलेटर र डायलसिसमार्फत उपचार हुँदै गर्दा पनि उहाँको अवस्था लगातार बिग्रँदै गएको र साउन २ गते उहाँले अन्तिम सास फेरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
७ सय ५० फिल्ममा अभिनय गरेका भारतीय अभिनेता रावको निधन
केही महिनादेखि मिर्गौला रोगसम्बन्धी समस्याबाट पीडित वेङ्कटकका लागि किड्नी ट्रान्सप्लान्ट अत्यावश्यक रहेको चिकित्सकहरूले बताएका थिए ।
करिब ५० लाख रुपैयाँ खर्च लाग्ने उक्त शल्यक्रियाका लागि उहाँको परिवारले सार्वजनिक सहयोगको आह्वान गर्नुपरेको थियो ।
फिल्मी करियरमा उहाँले १ सयभन्दा बढी तेलुगु चलचित्रहरूमा अभिनय गर्नु भएको छ ।