मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पूर्वमन्त्री एवम् पूर्व नगरप्रमुख बज्राचार्यको निधन

ललितपुर । राजाको प्रत्यक्ष शासनकालमा (२०६१ साल) राजा ज्ञानेन्द्रले अफ्नै नेतृत्वमा गठन गरेको मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री नियुक्त भइ काम गर्नु भएका ललितपुरका पुराना राजनीतिज्ञ बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २०८२ साउन ३ गते उहाँको निधन भएको परिवारले जनाएको छ ।

बज्राचार्य २०२७ सालमा ललितपुर नगरपालिका वडा नं १७ को वडाध्यक्ष भएर जनताको सेवामा लाग्नु भएको थियो ।

त्यसैगरी उहाँ २०३२ सालमा ललितपुर नगरपालिकाको प्रधानपञ्च निर्वाचित हुनु भयो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि एमाले हुनुभएका बज्राचार्य २०५४ सालमा ललितपुर उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हुनु भयो ।

यो कार्यकाल २०५९ मा सकिएपछि स्थानीय तह जनप्रतिनिधि विहीन हुन पुगेका थिए ।

२०६० सालमा राजा ज्ञानेन्द्र शाहबाट उहाँ ललितपुर उपमहानगरपालिकाको प्रमुख मनोनित हुनुभएको थियो ।

राजाले उहाँलाई २०६१ सालमा आफ्नै मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री नियुक्त गर्नु भएको थियो ।

बौद्ध धर्म र ललितपुर-पाटनको कला संस्कृतिका अग्रज व्यक्तित्व बज्राचार्य ललितपुर उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो ।

Author

Related News