मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

जातीय विभेद तथा हिंसासम्बन्धी विषयमा कानुनी प्रशिक्षण

मधु पन्थी, पोखरा ।

दलित महिला सङ्घ (फेडो) कास्कीको आयोजनामा तथा सङ्कल्प गण्डकी प्रदेशको समन्वयमा सञ्चालित कानुनी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम २०८२ असार ३२ गते पोखरामा सम्पन्न भएको छ।

फेडोद्वारा सञ्चालित कार्यक्रममा दलित समुदायमा सक्रिय महिला अगुवाहरूलाई जातीय विभेद तथा हिंसाका सम्बन्धमा संविधान र कानुनी जानकारी दिइएको थियो।

प्रशिक्षणको सहजकर्ता सङ्कल्प गण्डकी प्रदेशकी संयोजक तथा अधिवक्ता सरिता तिम्सिना पंगेनीले जातीय विभेद अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार तीनवटै तहले प्रभावकारी संयन्त्र निर्माण गरी संविधान र कानुनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले विभेद अन्त्यका लागि स्पष्ट नीति, योजना र बजेटमा उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रशिक्षणमा सहभागी सुशीला बिक, ममता गुरूङ बिक र इश्वरी नेपालीले सिकेका ज्ञान र सीप समुदायस्तरसम्म लैजाने प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमले आफूहरूको क्षमता अभिवृद्धिमा उल्लेखनीय टेवा पुर्‍याएको धारणा राखे।

दलित महिला सङ्घकी अध्यक्ष लक्ष्मी परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक इश्वरी बिकले गर्नुभएको थियो। कार्यक्रममा फेडोका २० जना महिला अगुवा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

Author

Related News