मधु पन्थी, पोखरा ।
पोखरा महानगरपालिका वडा न ८ रत्नचोक स्थित श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिरको रत्नचोक इकाईको आयोजनामा एक महिने श्रीमद्वीतक चर्चा एवम् श्रीकृष्ण कथा प्रवचन २०८२ असार ३१ गते देखि शुरू भएको छ ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा खेलकुद मन्त्री बिन्दुकुमार थापाले धार्मिक कार्यक्रम सञ्चालन गर्नु सुखद कुरा रहेको र संस्कार संस्कृतिको जगेर्ना गर्नु अहिले मुख्य चुनौती रहेको उल्लेख गर्दै बरालिएको युवा शक्तिलाई यस्ता कार्यक्रमले नैतिक शिक्षा प्रदान गर्ने भनाई राख्नु भयो ।
मन्त्री थापाले मन्दिर मर्मत सम्भारका लागी प्रदेश सरकारबाट आठ लाख रूपियाँ विनियोजन गरेको र आगामी दिनमा मन्दिरले सामाजिक रूपान्तरणका कार्यक्रम सञ्चालन गर्दै जाने अपेक्षा राख्नु भयो ।
विगत ३३ वर्षहरूमा निरन्तरता दिँदै यस वर्ष पनि श्रावण कृष्ण पञ्चमी देखि श्रावण ३१ भाद्र कृष्ण अष्टमी सम्म श्रीमद्वीतक चर्चा एवम् श्रीकृष्ण कथा प्रवचनको आयोजना गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्री कृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहनप्रसाद ढकालले जानकारी दिए ।

एक महिने श्रीमद्वीतक चर्चा एवम् श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट सङ्गीतमय कथा प्रवचन कार्यक्रम हुने अध्यक्ष ढकालले जानकारी दिनु भयो ।
कार्यक्रमको शुभारम्भ श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलश यात्रा सहित मन्दिर प्राङ्णाबाट शुरू भई रत्नचोक, सृजनाचोक, पृथ्वीचोक, नागढुङाहुँदै मन्दिर परिसरमा पुगेको थियो ।
विगतका वर्षहरुमा जस्तै यस वर्षपनि श्रद्धालु भक्तजनहरुको साथ र सहयोगले कार्यक्रमले सफलता पाउने समितिका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक केशवप्रसाद बरालले जानकारी दिए ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय सदस्य तथा निर्वतवान अध्यक्ष पुरूषोतम रेग्मी, कास्की जिल्ला अध्यक्ष कृष्णप्रसाद ढुङ्गाना, भूमिसम्बन्धी समस्या आयोगका कास्की अध्यक्ष बैनबहादुर गुरूङ, पत्रकार एबि आस्था र समितिका सचिव लक्ष्मण बरालले यस पटक सञ्चालन हुन गइरहेको श्रीमद्वीतक चर्चा एवम् श्रीकृष्ण कथा प्रवचनमा पोखरेली तथा छिमेकी जिल्लाका भक्तजनहरुको उल्लासपूर्ण उपस्थिति रहने र भक्तजनहरुको साथ र सहयोग सहित सफलताको शुभकामना राख्नु भएको थियो ।