मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

चेल्सीले उचाल्यो फिफा क्लब विश्वकप २०२५ को उपाधि

ललितपुर । इङ्ग्लिस प्रिमियर लिगको पावरहाउस चेल्सीले फिफा क्लब विश्वकप २०२५ को उपाधि उचालेको बीबीसीले जनाएको छ।

फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-० ले हराउँदै चेल्सीले विश्व च्याम्पियनको उपाधि उचालेको हो ।

मेटलाइफ स्टेडियममा भएको फाइनल खेलमा चेल्सीका स्टार खेलाडी कोल पाल्मरले उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो ।

उहाँले खेलको २२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भयो ।

त्यस्तै, ३०औँ मिनेटमा पाल्मरले दोस्रो गोल थप्नु भयो भने उहाँको  सहयोगमा अर्को एक गोल भयो ।

पीएसजीले केही अवसर सिर्जना गरे पनि चेल्सीका गोलकिपर सान्चेजले उत्कृष्ट बचाउ गर्दै क्लिन सिट राख्नु भयो ।

प्रशिक्षकको रणनीति र खेलाडीहरूको तालमेलले चेल्सीले युरोपेली च्याम्पियन पीएसजीलाई सहजै पराजित गर्‍यो।

यसअघि चेल्सीले सन् २०२२ मा पनि क्लब विश्वकप जितेको थियो। यो जितसँगै चेल्सीले विश्व फुटबलमा आफ्नो दबदबा कायम राखेको छ।

Author

Related News