मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

दुई जना गर्भवतिको हेलिकप्टरबाट उद्धार

मधु पन्थी, पोखरा ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकको पलहमा भौगोलिक रूपमा निकै विकट रहेको बागलुङ जिल्लाको ढोरपाटन क्षेत्रबाट सुत्केरी हुन नसकी ज्यान जोखिममा रहेका दुई जना गर्भवतिलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौ पठाइएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको बिहानैदेखिको निरन्तर प्रयास र पहलमा २०८२ असार २८ गते नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी एयर लिफ्टिङ को माध्यमबाट काठमाडौं  स्थित थापाथली प्रसुतीगृहमा पठाइएको मन्त्री पाठकले बताउनु भयो ।

मन्त्री पाठकका अनुसार  ढोरपाटन नगरपालिका वडा नं ५ निवासी ३७ वर्षीया हुमी विक र सोही नगरपालिका वडा नं ८ की २२ वर्षीया देवी सुनारलाई प्रादेशिक अस्पताल बुर्तिवाङको रिफरमा काठमाडौँ पठाइएको जानकारी दिनु भयो ।

Author

Related News