मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

फेडाेद्वारा सञ्चालित समूहका दलित महिलाहरुलाई प्रस्तावना लेखन तालिम 

मध पन्थी, पोखरा ।

“समग्र विकासको अवरोध जातीय तथा लैङ्गिक विभेद”भन्ने मुल नारासहित स्थापित सामाजिक  संस्था  दलित महिला संघ (फेडो) कास्कीको आयोजना तथा  पोखरा महानगरपालिका वडा नं. ८  को आर्थिक सहयोगमा प्रस्तावना लेखन तालिम  २०८२ असार २६ गते पोखरामा सम्पन्न भएको छ ।

तालिममा पोखरा महानगरपालिका वडा नं. ८ वडा अध्यक्ष रूद्रनाथ बरालले स्थानीय तहमा प्रस्तावना लेखन, प्रतिवेदन लेखन तालिमले महिला सशक्तीकरणलाई थप टेवा पुर्‍याउने बताउँदै  आगामी आर्थिक वर्षदेखि सचेतनामुलक तालिम तथा गोष्ठीहरू स्थानीय जनस्तर सम्म पुग्ने गरी उच्च  प्राथमिकता राखी  वडाबाट काम गर्ने बताउनु भयो ।

तालिमबाट सिकेको सिपलाई सहिढंगले प्रयोगमा ल्याउनु तालिमको मुख्य उपलब्धि हुने बताउनु भयो । वडा सदस्य लक्ष्मी बिकले वडा कार्यालयले सामाजिक संस्थाको समन्वयकारी भूमिकामा कार्यक्रम र तालिम सञ्चालन गर्नु सकारात्मक  कार्य भएको बताउनु भयो ।

उहाँले सबै क्षेत्र जातजातिलाई समेटी  सचेतना र क्षमता अभिवृद्धि कार्यक्रमलाई समुदायसमुदायबिच पुर्‍याउनु स्थानीय सरकारको दायित्व रहेको र जनस्तरबाट  आउने सुझाव र सल्लाह अनुसार कार्यक्रमको आवश्यकता र आौचित्यका आधारमा  गरिनु पर्नेमा जोड दिनु भयो । 

संस्थाकी अध्यक्ष लक्ष्मी परियारको अध्यक्षता र कार्यक्रम संयोजक इश्वरी बिकले सहजिकरण गर्नु भएको  तालिममा फेडाेद्वारा सञ्चालित समूहका ३० जना दलित महिलाहरूको सहभागिता रहेको थियो ।

Author

Related News