मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

पोखरा महानगरद्वारा ४ सय ९७ जना छात्रछात्रालाई नि:शुल्क छात्रवृत्तिका लागि सिफारिस 

मधु पन्थी, पोखरा । गत वर्ष जस्तै यस वर्ष पनि कक्षा ११ मा अध्ययन गर्ने  छात्रछात्रालाई लक्षितगरी  छात्रवृत्ति छनौट प्रक्रियालाई पोखरा महानगरपालिकाले निरन्तरता दिएको छ ।

शैक्षिकसत्र २०८१ मा माध्यमिक शिक्षा परिक्षा (एसईई) मा पास भएका छात्रछात्राहरूलाई  महानगर क्षेत्रमा सञ्चालित संस्थागत विद्यालयहरूमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको सुविधाका लागि पोखरा महानगरपालिकाद्धारा आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालित निःशुल्क छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशन २०८२ असार २२ गते सार्वजनिक गरेको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत सोमनाथ भण्डारीले जानकारी दिनु भयो ।

महानगरपालिकाले परीक्षालाई  व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउने उद्देश्यले परीक्षणमा अप्टिकल मार्क रिकोग्निशन प्रविधिको प्रयोग गरी उत्तर पुस्तिका परीक्षण गरी नतिजा प्रकाशन गरिएको अधिकृत भण्डारी बताउनु भयो ।

विज्ञान विषयतर्फ १ सय ६२ जना, व्यवस्थापन तर्फ २ सय ४१ जना, होटेल व्यवस्थापन तर्फ ८० जना, कानुन, मानविकी र शिक्षातर्फ १४ जना गरी ४ सय ९७ जना विपन्न, गरिब, जनजाति, दलित र जेहन्दारलगायत लक्षित समुदायका छात्रछात्राहरूलाई महानगरपालिकाले निःशुल्क छात्रवृत्तिको लागि सिफारिस गरेको छ । 

महानगरपालिकाले निःशुल्क छात्रवृत्तिको लागि सिफारिस गरेको निर्णयलाई एसओएस हरमन माइनर विद्यालय गण्डकीले विगतका बर्ष जस्तै यस बर्ष पनि  १२ जना  छात्रछात्रा सिफारिस भएका छन्  उक्त सिफारिसलाई पूर्ण कार्यान्वयन गरिने प्रिन्सिपल चुडामणि सुवेदीले बताउनु भयो ।

Author

Share the News

Recent News

Related News