मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

टाइब्रेकरमा चुक्यो नेपाल, साम्बाको प्रहार नै असफल !

ललितपुर । नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ छनोटको समूह चरणबाटै बाहिरिएको छ।

निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ को हार व्यहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा निर्धारित ९० मिनेटको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो।

नेपालका लागि टाइब्रेकरमा गीता राना र सबिता रानामगरले गोल गर्नु भयो। तर, कप्तान सावित्रा भण्डारी साम्बा र गोलकिपर अञ्जना रानामगरको प्रहार असफल भएपछि नेपाल पराजित भयो ।

दोस्रो हाफमा १० खेलाडीमा सिमित उज्बेकिस्तानविरुद्ध नेपालले पुनरागमन गर्‍यो। उज्बेक खेलाडी इग्रासेभा हाफको अन्त्यतिर सावित्रामाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनु पर्‍यो ।

नेपालका लागि एतिहासिक पुनरागमनको सम्भावना देखिए पनि, टाइब्रेकरमा त्यो सपना अधुरै रह्यो।

Author

Related News