मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुर महानगरलाई पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा

ललितपुर ।‘स्थानीय स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ ललितपुर महानगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको छ। यो ललितपुर जिल्लाको पाँचौँ तथा काठमाडौँ उपत्यकाभित्रको दोस्रो स्थानीय तह हो जसले यस्तो घोषणा गरेको हो।

यसअघि महाँकाल, महालक्ष्मी, बागमती र कोन्ज्योसोम स्थानीय तहले पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेका छन्।

कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले सामूहिक प्रयासबाट स्वास्थ्य क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल भएको बताउनु भयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. भुवन पौडेलले सबै वर्गलाई समेटेर निरन्तर प्रयास आवश्यक रहेको बताउनु भयो ।

विश्व स्वास्थ्य सङ्गठनका डा. सागर शाक्यले ललितपुरलाई समयमै घोषणा गर्न सफल भएकोमा बधाई दिनु भयो ।

जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले १५ महिनामुनिका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध खोप प्राप्त गरेपछि मात्र पूर्णखोप घोषणा हुने जानकारी दिनु भयो ।

सन् २०१५ मा तय गरिएका दिगो विकासका लक्ष्यअनुसार खोप कार्यक्रमलाई प्राथमिकतामा राखेर देशैभर पूर्णखोप सुनिश्चितता अभियान अघि बढाइएको छ।

Author

Related News