मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नवनिर्मित भवनबाट नागरिक–मैत्री सेवा प्रदान गरिने: मेयर आचार्य

मधु पन्थी, पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ५ को नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै महानगर प्रमुख धनराज आचार्यले नागरिक–मैत्री सेवा प्रवाहमा थप सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

महानगर प्रमुख आचार्यले २०८२ असार १९ गते आयोजित औपचारिक कार्यक्रममा भवन उद्घाटन गर्दै, “महानगरले वडालाई सशक्त बनाउन अधिकार र बजेट प्रत्यायोजन गर्दै आएको बताउनु भयो ।

उहाँले योजना अनुरूप आम वडाबासीको पहुँच पुग्नेगरी काम गर्न जनप्रतिनिधि र कर्मचारीहरू सक्रिय हुनु आवश्यक रहेको बताउनु भयो

उहाँले बाँकी रहेका वडा नं. ६ र ९ का भवन पनि आगामी आर्थिक वर्षदेखि जग्गा पहिचान गरी निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

वडा अध्यक्ष विष्णुप्रसाद बरालका अनुसार, करिब ३ रोपनी जग्गामा अन्डरग्राउन्डसहित पाँच तले आधुनिक सुविधायुक्त भवन निर्माण गर्न ७ करोड ८६ लाख रुपियाँ खर्च भएको छ। भवनमा अपाङ्गता–मैत्री लिफ्ट, प्रशासनिक कक्ष, विपद् व्यवस्थापन कक्ष, ज्येषठ नागरिक कक्ष, पुस्तकालय, स्तनपान कक्ष लगायतका सुविधा उपलब्ध छन्।

अध्यक्ष बरालले वडा कार्यालयलाई “हरियाली वडा”, “समृद्ध वडा”, “धार्मिक वडा”, “उज्यालो वडा” बनाउने अभियानसँगै पूर्वाधारसँग मानवीय विकासलाई जोडिने दृष्टिकोणमा अघि बढ्ने बताउनुभयो।

उद्घाटन कार्यक्रममा उप–प्रमुख मञ्जुदेवी गुरुङ, प्रवक्ता एवम् वडा नं. २५ का अध्यक्ष मोतीलाल तिमल्सिना, वडा नं. १७ की अध्यक्ष राधिका शाही योगी, वडा नं. २ का अध्यक्ष दिवसमान प्रधानाङ्ग, वडा नं. ७ का अध्यक्ष राममोहन आचार्य, वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बराल, नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष माधवप्रसाद बराल तथा निवर्तमान वडाध्यक्ष धनबहादुर नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

Author

Related News