मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

पूर्व मन्त्रीद्वारा बजेटप्रति असन्तुष्टि प्रकट

मधु पन्थी, पोखरा ।

गण्डकी प्रदेशसभा सदस्य एवंम् यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले बजेट पुस्तिका  प्रति  असन्तुष्टी जनाउँदै २०८२ असार ९ गते संसदको रोष्टममै बजेट पुस्तिका च्यातनु भएको छ ।  

भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालय अन्तर्गतको बजेटमाथि छलफल चलिरहेको समयमा प्रदेश सभाको रोष्टममा जुग्जालीले मन्त्रालयबाट विनियोजन बजेट  न्यायिक नभएको बताउँदै बजेट पुस्तिका च्यात्नु भएको हो ।

सबैको प्रतिनिधित्व गरेर अर्थ मन्त्रालयको बजेट बहिष्कार गरी बजेट पुस्तिका च्यातेको उहाँले बताउनु भयो । गण्डकी प्रदेशले ल्याएको बजेटमा सत्तापक्षकै सांसदहरू पनि रुष्ट रहेको उहाँको भनाइ छ ।

दुई/दुई वर्ष म्याग्दीका लागि भौतिक पूर्वाधारबाट अन्याय भएको, भौतिक पूर्वाधार मन्त्रीलाई अझै बजेट नपुगेकाले आफू र प्रदेश सदस्य हरि भण्डारीको भागमा परेको बजेट पनि काटेर लैजान चुनौती दिनु भएको छ ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक कुसुम बुढा पुनले गण्डकी प्रदेशसभाको आठौँ अधिवेशनको सोह्रौँ बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्‍चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथिको छलफलमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नु भएको छ।

Author

Share the News

Recent News

Related News