मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नगरसभामा रणनीतिक र सांस्कृतिक सडक बनाउने नीति तथा कार्यक्रम पेस

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेस गरेको छ ।

महानगरको सातौँ नगरसभामा २०८२ असार ६ गते नगर प्रमुख चिरिबाबु मर्जनले नीति तथा कार्यक्रम पेस गर्नु भएको हो ।

नीति तथा कार्यक्रममा महानगरभित्रका सडकलाई रणनीतिक र सांस्कृतिक सडक निर्माण गर्ने उल्लेख छ ।

त्यस्तै, पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने महर्जनले बताउनु भयो ।

यो अवधारणाले यी वडालाई सांस्कृतिक वडा बनाउन सहयोग पुग्ने नगर प्रमुख महर्जनको विश्वास रहेको छ ।

दीर्घकालीन महत्व बोकेका सडकहरु पहिचान गरी ती सडकलाई रणनीतिक सडकहरुको रुपमा वर्गिकरण गरिने पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

Author

Related News