मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

हुम्लाको खार्पुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त घोषणा

वीरेन्द्रनगर । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका औपचारिक रूपमा बालश्रम तथा बालविवाहमुक्त स्थानीय तह भएको छ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल माध्यमबाट कार्यक्रम उद्घाटन गर्दै खार्पुनाथलाई जिल्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त स्थानीय तहका रूपमा घोषणा गर्नु भयो ।

पाँच वटै वडामा बालश्रम र बालविवाहमुक्त घोषणा भइसकेको खार्पुनाथमा अब १८ वर्ष नपुगी श्रम र २० वर्ष नपुगी विवाह गर्न नपाउने गरी सामूहिक प्रतिबद्धता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष कर्ण रावलका अनुसार अब खार्पुनाथमा कसैले पनि बालविवाह वा १८ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउन पाइने छैन ।

कार्यक्रममा बालबालिकाले बालश्रम र बालविवाहविरुद्ध जनचेतनामूलक देउडा गीत, नृत्य र झाँक्रीसमेत प्रदर्शन गरेका थिए।

Author

Related News