ललितपुर । आख्यानकार झम्क तिमल्सिनाको नयाँ उपन्यास विमुक्ति २०८२ असार ७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा लोकार्पण गरिएको छ।
कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा समालोचकहरू डा. अशोक थापा, महेश पौड्याल र साहित्यकार भुवनहरि सिग्देलले उपन्यास लोकार्पण गर्नु भयो ।
कार्यक्रममा ठकुरीले उपन्यासले सामाजिक अन्तरवस्तु समेटेको बताउँदै आगामी दिनमा यस्तै प्रेरणादायी कृति आउने आशा व्यक्त गर्नु भयो ।
समालोचक थापा र पौड्यालले कृतिमा उच्च वर्गको अदृश्य पीडा, सामाजिक विसङ्गति र दार्शनिक गहिराइ समेटिएको उल्लेख गर्नु भयो ।
ललितपुरको कालेश्वरमा जन्मेका कृतिकार तिमल्सिनाले पाठकको साथ पाउँदा लेखनलाई निरन्तरता दिने बताउनु भयो ।
पेज टर्नर प्रालिद्वारा प्रकाशित उपन्यासको मूल्य ४५० रुपैयाँ रहेको छ। तिमल्सिनाको यसअघि अन्धकूप उपन्यास प्रकाशित भइसकेको छ।