मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

पाँचौँ राष्ट्रिय कार्ययोजनाका सम्बन्धमा छलफल

मधु पन्थी, पोखरा ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, पोखरा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखरा र राष्ट्रिय मानवअधिकार आयोग, पोखराको संयुक्त आयोजनामा “मानवअधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना र कार्यान्वयनको अबस्था” विषयक अन्तरक्रिया कार्यक्रम २०८२ असार ५ गते पोखरामा सम्पन्न भयो ।

गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाले परिकल्पना गरेका विषयहरूलाई राज्यको तर्फबाट यथाशक्य कार्यान्वयन गरिनु पर्ने ।

अझै पनि दलित, अपाङ्गता भएका व्यक्ति र पछाडि पारिएका वर्गको जीवन स्तर ज्यूँकात्यूँ रहेको बताउनु भयो ।

नागरिक मञ्च गण्डकीका संयोजक तथा वरिष्ठ मानवअधिकारकर्मी बिष्णुप्रसाद बरालले मानवअधिकार आधारभूत अधिकार भएकाले जनता लिने र सत्तामा बस्नेले दिने विषय नभएको र सुशासन कायम राख्नु राज्यको पहिलो दायित्व रहेको बताउँदै कानुन बनाउने कार्यान्वयन नहुने, बैठक बस्न नसक्ने समितिको औचित्य नभएको बताउँदै मानवअधिकारमैत्री कानुन बनाउनेमा जोड दिदै नागरिक समाजको आवाज कमजोर भएको छ ।

स्रोत र साधनको दुरुपयोग भएको छ, जिम्मेवार निकायमा बस्नेले जबाफदेहिता हुनु पर्नेमा जोड दिँदै उहाँले आमनागरिक सरकारको कार्यशैली,राजनीतिक नेतृत्व र समग्र अवस्थाप्रति निराशा तथा असन्तुष्ट रहेको बताउनु भयो ।

राष्ट्रिय मानवअधिकार आयोग, पोखराका प्रमुख नितु गर्तौलाले पाँचौँ पञ्चवर्षीय मानवअधिकार राष्ट्रिय कार्ययोजना २०७७-७८ र २०८१-८२ बिषयमा सहजिकरण गर्नु भयो ।

गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार बिमला भण्डारीले मानवअधिकारको सवाल र परिवर्तनका लागि बहस तथा छलफल व्यापक हुनु पर्ने र सरकार, नागरिक समाज र सञ्चारकर्मीले कलम चलाउने बेला आएको साथै सहि र भ्रामक सूचना छुट्याउन नसक्दा नागरिकले दुःख खेप्नुपरेको अबस्था रहेकाले यसका लागि सत्य तथ्य सूचना प्रवाहका लागि सम्बन्धि पक्षको ध्यानाकर्षण गराउनु भयो ।

जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बरालले मानवअधिकार शब्द आफैँमा साझा सबाल हो, कार्ययोजना अनुसार केही पनि नभएको हुदै नभएको छैन भन्नू भएन यसलाई अझ प्रभावकारी बनाउन तर्फ सबैको आवश्यक सहयोग रहनु पर्ने बताउनु भयो ।

अन्तरक्रियामा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकाल, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले, इन्सेक पोखराका संयोजक शिवप्रसाद खकुरेलले पाँचौ राष्ट्रिय कार्य योजनाका बारेमा बोल्नु भएको थियो भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, पोखरा कानुन सचिव रामजी दनाइको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

Author

Related News