मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

ग्वार्को ओभरपास निर्माण सम्पन्न, आजबाट सञ्चालनमा

ललितपुर । ग्वार्को चोकमा निर्माण गरिएको ओभरपास नर्माण सम्पन्न भएसँगै २०८२ असार ६ गतेबाट सञ्चालनमा आउने भएको छ ।

उपत्यकाको एक अत्यन्तै व्यस्त चोकमा पर्ने ग्वार्कोमा बनेको यो ओभरपास आज प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गरेपछि सञ्चालनमा आउने भएको हो ।

निर्माणका क्रममा लामो समयसम्म असहजता भोग्न बाध्य सर्वसाधारणले अब भने यातायात जामको समस्याबाट केही हदसम्म राहत पाउने अपेक्षा गरिएको छ।

यो ओभरपास निर्माणको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले लिएको थियो।

निर्माणमा प्राविधिक तथा व्यवस्थापकीय समस्या देखिँदा गएको पुस माघ महिनामा करिब एक महिना परियोजनाको काम पूर्णरूपमा ठप्प समेत भएको थियो।

Author

Share the News

Recent News

Related News