मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सञ्चारकर्मीका लागि  मल्टिमिडिया तालिम

मधु पन्थी, पोखरा । 

पोखरा महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना २०८२ जेठ २९ गते देखि पोखरामा  मल्टिमिडिया पत्रकारिता तालिम सुरूभएको छ ।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समाजलाई सचेत, सुसूचित र सक्रिय गराउने काम पत्रकारिताको भएको बताउनु भयो । पत्रकारहरूलाई गतिशिल बनाउन यस्ता खाले तालिमले मद्दत गर्ने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीका पुर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले हाल सञ्चार क्षेत्रमा आर्थिक मन्दिको अवस्था रहेको बताउँदै पत्रकारिता क्षेत्रमा आकर्षण बढाउन र प्रविधिको प्रयोग गर्दै यस क्षेत्रलाई परिस्कृत तवरले आगाडि बढाउन तालिम प्रभावकारी हुने बताउनु भयो ।

नेपाल खोजमुलक मल्टिमिडिया पत्रकारिता सञ्जालको प्राविधिक सहयोगमा सञ्चालित तालिमका प्रमुख प्रशिक्षक सञ्जालका संस्थापक रजनीश भण्डारी रहनु भएको छ । 

तीन दिन सम्म सञ्चालन हुने तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्व ६० जना पत्रकार एवम् सञ्चारकर्मीहरूको सहभागिता रहेको नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले बताउनु भयो ।

Author

Related News