मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

देशभर शतप्रतिशत आधारभूत खानेपानी र ३७ प्रतिशत शुद्ध खानेपानीको पहुँचःमन्त्री यादव

विराटनगर । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

नेपाल खानेपानी संस्थानमा भद्रपुरस्थित पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण समारोहमा २०८२ जेठ २८ गते चापाकल विस्थापित गर्दै उहाँले डिप बोरिङमार्फत आमनागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने योजना बनाइएको जानकारी दिनुभएको छ ।

 
मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई छिट्टै शुद्ध खानेपानीको व्यवस्था मिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

उहाँले देशभर शतप्रतिशत आधारभूत खानेपानी र ३७ प्रतिशत शुद्ध खानेपानीको पहुँच पुगेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि आयोजना नरोकिने बताउनु भएको छ । 

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । यही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनिएको छ ।

संविधानको यही धारालाई टेकेर मन्त्री यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो ।

Author

Related News